विद्या भण्डारीले भनिन्-एमालेले मलाइ स्वीकार नगरेपनि म एमाले मै छु
बिराटनगरर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा र्फकन मिल्ने बताएकी छन्।
सोमबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा फर्कन मिल्ने बताएकी हुन्।
गणतन्त्र र राजतन्त्रमा फरक-फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको भनाइ छ।
उनले आफू पार्टीसँगको आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गराउँदै एमालेकै नीति-कार्यक्रमअनुसार अघि बढ्ने स्पष्ट पारिन्। एमालेले आफूलाई स्वीकार नगरे पनि आफू एमाले नै भएको उनले बताइन्।
भण्डारीले आफूले राष्ट्रपतिको पदावधि सक्किएपछि पार्टीको सदस्यता नवीकरण गरेको र अहिले एउटा संगठित सदस्यको हैसियतले काम गरिरहेको जिकिर गरिन्। पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किएपछि संविधानको औचित्य सकिएन भन्ने प्रश्नमा भण्डारीले यस्तो विषयमा संविधानविद्हरुले जवाफ दिने जनाइन्।
उनले मुलुकमा धेरै वामपन्थी दलहरु रहेकाले वाम एकता हुने सम्भावना नदेखेको बताइन्। एमालेले गरेको सदस्यता नवीकरण खारेजसम्बन्धी निर्णयबारे गरिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नआएको बताइन्।







डिसी नेपाल








Facebook Comment