कर्मचारी बर्खास्त गर्दा क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना

डिसी नेपाल
२ भदौ २०८२ १४:१८
64
Shares

काठमाडौं । कोभिड-१९ महामारीको समयमा १,८२० भन्दा बढी ग्राउण्ड स्टाफहरूलाई गैरकानूनी रूपमा बर्खास्त गरेकोमा अस्ट्रेलियाको एक अदालतले क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना गरेको छ।

अष्ट्रेलियाली यातायात मजदुर संघले यो निर्णयको स्वागत गर्दै फेयर वर्क ऐन अन्तर्गत अष्ट्रेलियाली कम्पनीमाथि लगाइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना भएको बताएको छ।

संघीय अदालतका न्यायाधीश माइकल लीले यो सजायले अन्य कम्पनीहरूका लागि उदाहरण स्थापित गर्ने बताए। क्वान्टास एयरलाइन्सले जरिवाना तिर्न सहमत भएको छ।

कम्पनीले अदालतको यो निर्णयले कर्मचारीहरूलाई हानि पुर्‍याउने आफ्ना कार्यहरूको लागि आफूलाई जिम्मेवार ठहराएको स्वीकार गरेको छ ।

“हामी १,८२० ग्राउन्ड ह्यान्डलिंग कर्मचारी र उनीहरूका परिवारहरूले भोग्नु परेको कठिनाइको लागि माफी चाहन्छौं,” क्वान्टास समूहका सीईओ भेनेसा हडसनले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.