युक्रेनमा रुसी ड्रोन आक्रमणमा कम्तिमा चार जनाको मृत्यु

डिसी नेपाल
२ भदौ २०८२ १४:४९
48
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा हुने भेटवार्ताको केही घण्टा अघि रुसले युक्रेनका शहरहरूमा आक्रमण गरेको छ।

खार्किभको एक अपार्टमेन्ट ब्लकमा रूसी ड्रोन आक्रमणमा एक बच्चा सहित कम्तीमा चार जनाको मृत्यु भएको मेयर इहोर तेरेखोभले बताए।

उनले भने, “भवनको एक भाग भत्किएको छ र भग्नावशेषमुनि अझै धेरै मानिसहरू फसेको हुन सक्ने आशंका छ।”

स्थानीय अधिकारी इभान फेडोरोभले जापोरिजिया क्षेत्रमा ग्लाइड बम प्रयोग गरेर गरिएको रुसी आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएको बताएका छन्, जसमा दुई बालबालिका पनि समावेश छन्।

युक्रेनी वायुसेनाले रातभरि रुसले युक्रेनमा चार वटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको बताएको छ। वायुसेनाले २५ विभिन्न स्थानमा ८८ वटा ड्रोन खसालेको दाबी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.