कविताः भिन्न मन
सबैको मन मिलेको कहाँ छ र
प्रेमको दिल जोडिएको कहाँ छर
मिलेको मन भेट्न आफैं भित्र जाने हो
संजोगले बाहिर मिलेमा खुसी हुने हो।
मन सबैको ठूलो हो मनै हो सानोपनि
ठूलो मन मिल्छ सानो मिल्दैन कहीँपनि
मिलेको मनमा छ खुसी भिन्नमा दुःखी
एउटा मनमा किन खुसी र किन बेखुसी।
मिलन मनको हेर भित्र भित्र रमाउँछ
भिन्न मनले मानिसलाई भित्र जलाउँछ
कमलो मनले मानिसलाई अमृत पिलाउँछ
भिन्न मनले मानिसलाई उजाड बनाउँछ।
सुखमा हाँस्ने मन दुःखमा किन रुवाउँछ
खसेको झरनाको पानी नदीमा कल्कलाउँछ
मन प्रेमको बस्ती मनै हो पत्थरको पहाड
समता र भिन्नतामनै अडेको मनको बिचार।
भिन्न मनको भिन्न रुप मिलनको एक रुप
भिन्न र अभिन्न मन मानिसको स्वरूप।
प्रफुल्ल मनको फूल हाँसी उ मुस्कुराउँछ
बेचैन मनको धुलो भिन्नतामा रमाउँछ
समता मनको हाँसो एकैनास छ सधैं
भिन्नताको मनमा उडेकोछ धुँवा सधैं।
राख मनमा समता भाब बुद्ध बनेसरी
भिन्नता मनमा राखे हुने शत्रु वरिपरी
तलमाथि कुनै छैन योसबै बिचार हो
भिन्नताको चिन्ता सधैं अन्धकार हो।
पुजे इश्वर देख्ने नपुजे त्यो काहाँ छर
समता राखे नभेटिने याहाँ के छर
सबै मनका भाव समतामानै एक छ
भिन्नता मनको भाब एकवाट हजार छ।।
गीता सारः व्यर्थको चिन्ता
चिन्ता किन गर्ने किन ब्यर्थ डराउने?
जन्मिँदा किन खुसी मृत्युमा किन रुने
जे भयो त्यो सबै राम्रो नभएपनि ठिकै
ल्याएको के नै थियो, जानेपनि हो रित्तै।
हिजो के थियो हाम्रो आज के छर साथमा
भोलि के हुने हो र जानु पर्दछ अन्त्यमा
सृष्टिनै के ग¥यौ हामीले के नाश हुने होर
के जम्मा गर्ने खोइ के आफनो हुने होर।
खाली हात जन्मेथ्यौंं खाली नै भइ जाने हो
यो शरीर अन्त्यमा चितामा डढी जल्ने हो
तिमीले के पाउने हो हराएको नै के थियो
पाउने हराउने केही छैन हो यो खेल प्रभुको।
आज मेरो भोलि तिम्रो पर्सि हुन्छ अर्कैको
बुझ लौ सबै मानव घुमिरहन्छ घडी सुइको
अंक मेरो भन्ने सुइले पल्लोमा सरी हाल्दछ
यसरी नै चलिरन्छ जीवनमृत्यु अदृश्य छ।
मन दुःखी हुने कारण चिन्तामै नित्य डुबने
करोडौंको मालिक पनि चिन्तामै रही घुमिरने
तेरा ेमेरो ठूलोसानु यीसब मनका बिकार हुन्
को सानु को ठूलो होर यही नै अभिमान हुन्।
ज्ञानी बनी तिमी हेर सबै समान पाउँछौ
आत्मा अजर अमर छ तिमी किन डराउँछौ
डरको सामना गर न जाउ डरदेखि पर
कायरले केही गर्दैन पछि पर्दछौ पर पर।
हर्षमा हाँसने होइन शोकमा नरुने गर
निष्काम कर्ममा लाग परीमाण ममा छोड
कर्तब्य गरी राख नसोच अधिकारको
इच्छाहीनले बनाउँछ चिन्ताहीन स्वभावको।
भज कृष्णको नाम कर्म गर्दापनि सधैं
सम्झ मीराको नाम अप्ठ्यारोमा सधैं
गीतामा लेखिएको कुरा सधैं मनन गर
त्यस भित्रका उपदेसहरु पालन गर्ने गर।
चाँदनी रातकी चाँदनी
चाँदनी रातमा तिमीलाई देखेको थिएँ
गहिरो निन्द्रामा म सुतीरहेको थिएँ
खुदै त्यो रातमा चन्द्रमा हाँसेकी थिइन्
चेहरा हातले छोपी म बसिरहेको थिएँ।
हातमा फूलबत्ति बाली उब्भिइ रहेकी थिइन्
साँझको चन्द्र रातमा बत्ति झैं बलेकी थिइन्
पहाडका टुप्पाबाट झरना झरझर झरेका थिए
मनमोहक त्यो रातमा उनलाई देखेको थिएँ।
आकासमा चन्द्रमा हाँसिरहेकी थिइन्
नौलाख ताराहरु झल्मलाई रहेका थिए
तिमी तारा हौ कि चन्द्रमा म भन्न सक्तिन
तिमी एक बत्ति हौ निभाउन म सक्तिन।
आशा उमंग ती सारा मनमा अनेकौं थिए
मोहका ठूल ठूला सागर उर्लेको थियो
वन फूल सरी देखिने अप्सरा झैं झल्किने।
चाँदनी रातको उज्यालोमा तारा झैं चम्किने
औंसी मलाई चाहिन्न पुर्णिमा सधैं खुलीरहोस
अध्यारो चाहिन्न मलाइ पूर्णचन्द्र उदाई रहोस।
बिहानीको प्रभातमा कहाँ ती विलीन भइन्
झिमिक्क आँखा खुल्दा कहाँ ती अलप रहिन्।
यतै कतै लुकेकी छिन बगैंचा बीच बागमा
भोलि चादनी रातमा त फेरि देखापर्छिन् आकासमा
भोलि चाँदनी रातमा त फेरि देखा पर्छिन् आकासमा।
बुवाको मुख हेर्ने
सृष्टिकर्ता पिता मेरो ब्रम्हा सरि समान
दृष्टिकर्ता पिता मेरो हंश उनको महान
पिता माता दुवै एक आकास र पृथ्वी
उनकै गोदमा हुर्किएँ बालक र जवान।
आज माता पिता दुवै छैनन् मेरो नजिकमा
म बसेको छु धरतिमा एक्लै मेरो जीवनमा
पिता मेरो म पिता बिभूशको पति विमलाको
कोटी कोटी प्रणाम मेरो मेरो स्वर्गीय पिताको।
आकास मेरो मनभित्र नै छ धरतीपनि लुकेको
तर केही ठूलो कुरा छ मनबाट बिछोडको
औंसीमापनि उज्यालो मुखका मेरा पिता
हाँसी रन्छन् सधैं नजिकमा मेरा श्रीष्टिकर्ता।
आशिस मनले देउ हे पिता मलाइ सधैं भरि
बंश बढ्दै जाओस् तिम्रो जीवमा सधैंभरी
सानो परिवार मेरो सबै तिम्रो समिपमा
बरदान देउ हामीलाई सधैं यो जीवनमा।
आजको दिनमा तिम्रो सम्झना सधैं रहोस्
हामी दुइको सम्बन्ध सधैं सधैँ अमर रहोस्
हामी दुइको सम्बन्ध सधैं सधैं अमर रहोस्।
















Facebook Comment