भारत र चीनबीच लिपुलेक सीमा व्यापार खोल्न सहमति
काठमाडौं । भारत र चीनले मंगलबार द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउन र तनाव कम गर्न व्यापक प्रयासको एक भागको रूपमा तीन तोकिएका पासहरू मार्फत सीमा व्यापार पुनः खोल्न र प्रत्यक्ष उडान सम्पर्क पुनः सुरु गर्न सहमति जनाएका छन्।
भारतीय सञ्चार माध्यम टाइम्सअफ इन्डीयाले भारतको दुई दिने भ्रमणमा रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिनियाँ विदेशमन्त्री वाङ यीको सह–अध्यक्षतामा सीमा प्रश्नमा विशेष प्रतिनिधिहरूको २४औं चरणको वार्तापछि यी निर्णयहरू घोषणा गरिएको उल्लेख गरेको छ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनमा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनको लागि निमन्त्रणा समेत हस्तान्तरण गरेका छन्।
दुईदेशबीच सीमापार आर्थिक गतिविधि बढाउन दुवै पक्षले तोकिएका तीन तोकिएका पासहरू लिपुलेक, शिपकी ला र नाथु ला मार्फत व्यापार पुनः खोल्न सहमती भएको हो। दुई देशले व्यापार, लगानी प्रवाह र आदानप्रदानलाई प्रवद्र्धन गर्ने र द्विपक्षीय संवाद संयन्त्रहरू पुनः सुरु गर्ने वाचासमेत गरेका छन्।
नेपालको भूमि लिपुलेकको प्रयोग गर्नेगरी दुई देशबीच व्यापार सहमती भइसक्दासमेत नेपाल बेखबर छ । नेपालले केही वर्षअघि मात्रै लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको नयाँ नक्सा प्रकाशन गरिसकेको छ।
नेपालको उक्त कद्मलाई बेवास्ता गर्दै आएको भारतले चीनसँग यस्तो सम्झौता गरेर नेपालको भूमि प्रयोग गरेर आफ्नो व्यापर विस्तार गर्ने तयारी गरेको छ। यस सम्बन्धमा हालसम्म नेपाल सरकारले आफ्नोतर्फबाट कुनै प्रतिक्रिया जनाएको छैन।







डिसी नेपाल







Facebook Comment