बाजुराका प्रजिअ पाध्याको सरुवा,बाजुराका प्रजिअ पाध्याको सरुवा,पौडेलआउँदै

डिसी नेपाल
५ भदौ २०८२ ८:२०
288
Shares

बाजुरा । बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी  मेघनाथ पाध्याको सरुवा भएको छ । पाध्यालाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयलले जनाएको छ । त्यसै गरी बाजुरामा गणेश प्रशाद पौडेल आउने भएका छन ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका पौडेललाई बाजुरा पठाएको छ । सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाध्याले बाजुरेली जनताको सेवामा अन्य प्रजिअको भन्दा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका अधिकारीको रुपमा रहेका छन ।प्रजिअ पाध्या २०८१ असोज १३ मा हाजिर भएका थिए ।

बुधबार सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडियोहरुको सरुवा गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.