पाकिस्तानका पुर्वप्रधानमन्त्री इमरान खानलाई ८ मुद्दामा जमानत
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खानलाई मे ९ मा भएको दंगासँग सम्बन्धित ८ मुद्दामा सर्वोच्च अदालतले जमानत दिएको छ।
यो निर्णय प्रधानन्यायाधीश याह्या अफ्रिदीको नेतृत्वमा रहेको तीन न्यायाधीशको इजलासले दिएको हो। यसअघि लाहोर उच्च अदालतले जुनमा इमरानको जमानत निवेदन खारेज गरेको थियो।
इमरानले दंगाको समयमा आफू एनएबीको हिरासतमा रहेको तर्क गरेका थिए, त्यसैले घटनाहरूमा संलग्न हुनु सम्भव थिएन। उनले एफआईआरमा लगाइएका आरोपहरूलाई निराधार भने।
प्रहरीले उनी विरुद्ध साक्षीको बयान, व्हाट्सएप च्याट र भ्वाइस-म्याचिङ परीक्षण उद्धृत गरेको थियो। तर सर्वोच्च अदालतले प्रमाणको जाँच ट्रायल कोर्टमा मात्र हुने बताएको थियो।
अप्रिल २०२२ मा अविश्वास प्रस्ताव मार्फत सत्ताबाट हटाइएपछि इमरान खान धेरै मुद्दामा जेलमा छन्।







डिसी नेपाल








Facebook Comment