चीनका विदेशमन्त्रीले भने – भारत र चीनको साझेदारी तेस्रो देशविरुद्ध होइन

डिसी नेपाल
६ भदौ २०८२ १३:२१
688
Shares

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशको विरुद्धमा नभएको र यसले अन्य कुनै देशलाई असर नगर्ने बताएका छन्।

बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले उक्त टिप्पणी गरेका हुन्।

उनले भने – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिनेछ तर यसले भारतको रूससँगको मित्रतालाई बलियो बनाएको छ र चीनसँगको जारी तनावलाई पनि कम गरेको छ।

मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेपछि वाङ यी अफगानिस्तान गएका थिए र त्यसपछि पाकिस्तान गएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.