संसद बहिष्कार लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली हो : सांसद डाँगी

डिसी नेपाल
६ भदौ २०८२ १३:५३
44
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले संसद बहिष्कारलाई संविधानविरोधी वा लोकतान्त्रिक मूल्यविपरितको अभ्यासका रूपमा चित्रण गर्न खोजिएकोप्रति आपत्ति जनाएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले सरकारले रास्वपाको आन्दोलन र संसद बहिष्कारलाई गलत ढंगले प्रस्तुत गरेको बताउँदै त्यसप्रति गम्भीर आपत्ति व्यक्त गरिन्।

उनले भनिन्, ‘सरकारले हामीले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेकोमा म गम्भीर आपत्ति जनाउन चाहन्छु। संसद बहिष्कार कुनै संविधान विरोधी अभ्यास होइन, यो लोकतन्त्र भित्रको असहमतिको औपचारिक शैली हो। जुन विगतमा सत्तामा बसेकाहरूले पनि पटक–पटक प्रयोग गरेका छन्।’

उनले रास्वपाको आन्दोलन सत्तापक्षलाई खबरदारी गर्न र जनताको आवाज संसदमार्फत् प्रतिनिधित्व गराउने उद्देश्यले गरिएको बताइन्।

‘लोकतन्त्र केवल संख्याको बलमा सरकार चलाउने नाम होइन,’ उनले भनिन्, ‘प्रतिपक्षको आवाज सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने कुरा सत्ता पक्षले बिर्सनु हुँदैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.