मदन पुरस्कार छुदेन काविमोको ‘उरमाल’ र जगदम्बा श्री प्रेमदेव गिरीलाई प्रदान गरिने

डिसी नेपाल
६ भदौ २०८२ १८:१६
64
Shares

काठमाडौं । मदन पुरस्कार गुठीले विक्रम संवत् २०८१ को जगदम्बा श्री पुरस्कार- प्रेमदेव गिरी र मदन पुरस्कार- छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीको आज बसेको बैठकले ​लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएका ‘प्रेमदेव गिरी’लाई जगदम्बा श्री र छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारका लागि ‘उरमाल’सँगै रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरूपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट-चीन सम्बन्ध र भारत)’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ सूचीमा परेका थिए।

मदन पुरस्कार गुठीले २०७२ देखि गुठीमा प्राप्त पुस्तक मध्येबाट बढीमा १० वटा पुस्तक छनोट गरी सूची सार्वजनिक गर्दै ती मध्येका एकलाई पुरस्कृत गर्दै आएको छ।

२०७५ सालबाट पुरस्कार राशि चार लाख रुपैयाँ पुर्‍याइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.