वास्तविक एकताको महाधिवेशनबाहेक अरू महाधिवेशनमा आफ्नो नाम समावेश नगर्न उपेन्द्र महतोको आग्रह

डिसी नेपाल
७ भदौ २०८२ १७:२६
108
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनैपनि महाधिवेशनको नाममा आफ्नो नाम समावेश नगर्न आग्रह गरेका छन्।

शनिबार एक विज्ञप्ति जारी गर्दै महतोले अभियानलाई विचलित पार्नेगरि हुने कुनैपनि अधिवेशन एकताको महाधिवेशन नहुने भन्दै बास्तविक एकताको महाधिवेशनबाहेक आफ्नो नाम कतैपनि समावेश नगर्न अपिल गरेका हुन्।

डा. महतोले बास्तविक एकताको महाधिवेशनको लागि आफ्नो साथ, सहभागिता र समर्थन रहने विश्वास दिलाएका छन्। उनले भनेका छन्,‘गैरआवासीय नेपाली संघ संस्थामात्र होइन, अभियानपनि हो । यो अभियानलाई विचलित पार्नेगरि हुने कुनैपनि अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले बास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनैपनि महाधिवेशनको नाममा मेरो नाम समावेश नगरिदिन सबै पक्षलाई आग्रह गर्दछु। संघको गरिमा बढाउनेगरि हुने ‘बास्तविक एकताको महाधिवेशन’मा भने मेरो संलग्नता रहनेछ । यसकोलागि मैले खेल्नुपर्ने जस्तोसुकै भूमिका र गर्नुपर्ने सहयोगको लागि म तयार रहेको जानकारी गराउन चाहन्छु।’

यस्तो छ महतोले जारी गरेको वक्तव्य :

प्रेस वक्तव्य
विदेशमा सिकेका ज्ञान, सीप, पुँजी र प्रविधिलाई मातृभूमि नेपालको विकासका लागि सदुपयोग गर्दै समृद्ध नेपाल बनाउने सपनासाथ २२ वर्ष पहिले सुरू गरेको गैरआवासीय नेपाली संघले अहिले विषम परिस्थितिको सामना गरिरहेको छ । पछिल्लो समयमा यो अभियानको मूल मर्ममाथि प्रहार भइरहेको महसुस गरेको छु । सम्मानित सर्वोच्च अदालतको निर्णयको मर्मअनुरुप वास्तविक एकताको महाधिवेशनको सम्भावना हुँदाहुँदै पनि केही व्यक्तिको हठ र गलत बुझाईको कारण त्यो सम्भव हुन नसकेको कुरा मैले यसअघि नै वक्तव्यमार्फत स्पष्ट पारिसकेको छु ।

गैरआवासीय नेपाली संघ संस्थामात्र होइन, अभियानपनि हो । यो अभियानलाई विचलित पार्नेगरि हुने कुनैपनि अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले बास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनैपनि महाधिवेशनको नाममा मेरो नाम समावेश नगरिदिन सबै पक्षलाई आग्रह गर्दछु । संघको गरिमा बढाउनेगरि हुने ‘बास्तविक एकताको महाधिवेशन’मा भने मेरो संलग्नता रहनेछ । यसकोलागि मैले खेल्नुपर्ने जस्तोसुकै भूमिका र गर्नुपर्ने सहयोगको लागि म तयार रहेको जानकारी गराउन चाहन्छु ।

अन्त्यमा, सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन हार्दिक अनुरोध गर्दछु । यस अप्ठ्यारो परिस्थितिमा धैर्य गरी आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैमा अनुरोध गर्दछु ।

डा. उपेन्द्र महतो
संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली संघ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.