अध्यक्षको राजीनामा केन्द्रीय सदस्यले अस्वीकार गरिरहेका छन् : प्रवक्ता चालिसे

डिसी नेपाल
६ चैत २०८२ १७:१६
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरूले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकार गर्ने पक्षमा धारणा राखेको बताएका छन्। शुक्रबार केन्द्रीय समिति बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै चालिसेले उक्त कुरा बताएका हुन्।

पार्टी सभापतिको राजीनामा स्वीकृतिका विषयमा पार्टी बैठकमा विविध धारणा आए पनि राजीनामा स्वीकृत गर्न नहुने आवाज बलियो रहेको उनले बताए। ‘साथीहरूले धारणा राख्ने क्रम चलिरहेको छ। उहाँले नैतिकताको कुरा उठाए पनि यो परिस्थिति सम्हालिने, जिम्मेवारी लिने र पार्टी पुनर्निर्माण गर्ने हो भनेर बहुसंख्यक साथीहरूले राजीनामा अस्वीकृत गर्नुपर्छ भनिरहेका छन्,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *