महाधिवेशनलाई प्रभावित पार्ने काम नगर्न पार्टी नेतृत्वलाई धवलशम्शेरको आग्रह

डिसी नेपाल
८ भदौ २०८२ १४:२७
128
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री राणाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने समय आएकाले त्यसलाई प्रभावित गर्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन्।

महाधिवेशन समयमा निष्पक्ष रुपमा हुनुपर्ने उल्लेख गर्दै राणाले सवै पक्षलाई बाधा अवरोध नपारि सहज रुपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न दिनुपर्ने बताए।

राणाले महाधिवेशनको मुखमा एकलौटी रुपमा नेता कार्यकतालाई हटाउने र स्पष्टीकरण माग्ने कार्यले देशभरका राप्रपा कार्यकर्ता चिन्तित रहेको बताए। उनले पार्टी विधि बिधान बिपरित नेतृत्वले एकपक्षीय ढंगले निर्णय गर्दा केहि समस्या देखिएको दाबी गरे।

त्यस्तै उनले कुनै हालतमा राप्रपालाई फुट्न नदिने जनाए। नेतृत्वका बिषयमा केहि फरक मत भएपनि पार्टी फुटाएर अघि बढ्ने सोच आफुहरुको नरहेको उनको भनाइ छ। महामन्त्री राणाले अध्यक्ष पार्टीको अभिभावक रहेकाले सवैलाई मिलाएर अघि बढ्न खोजे सवै कुरा मिल्ने तर एकलौटी निर्णय गरे मान्य नहुने चेतावनी दिए। उनले आगामी महाधिवेशनको मिति तोक्न ढिलाई गर्न नहुनेमा समेत जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.