सूर्यदर्शन सहकारी प्रकरणः पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन १० लाख धरौटीमा रिहा
पोखरा। पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपी पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन १० लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका बम्जन आइतबार अदालतमा उपस्थित भएर बयान दिएका थिए। अदालतले मागेको धरौटी बुझाएर उनी रिहा भएका हुन्। उनी सहकारी ठगीका प्रमुख योजनाकार गीतेन्द्रबाबु राई (जीबी) का जेठान हुन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी राई अझै फरार छन्।
उक्त सहकारी ठगी प्रकरणमा ठगी अन्तर्गत ३१ जना, संगठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ५ जनालाई प्रतिवादी बनाइएको छ। बम्जनले १ करोड ५४ लाख ४९ हजार रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ। तर उनले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्न नरहेको भन्दै अदालतमा बयान दिएका छन्।
सोही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने धरौटीमा रिहा भएका थिए।







डिसी नेपाल







Facebook Comment