नेपाल बंगलादेशसँग पराजित

डिसी नेपाल
८ भदौ २०८२ २१:०२
400
Shares

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा बंगलादेशसँग नेपाल ३-० ले पराजित भएको हो। यो जितसँगै तीन खेलमा छ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ।

पराजित नेपाल समान खेलबाट तीन अंकका सात तेस्रो स्थानमा छ। यसअघि भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई भने २-१ गोलले हराएको थियो।

यसैगरी भुटानलाई ३–१ ले हराएको बंगलादेशले भारतसँग २-० को पराजय बेहोरेको थियो। बंगलादेशको जितमा थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गरे। खेलको ४१औँ मिनेटमा मार्माको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन्।

त्यसपछि खेलको इन्जुरी समयमा चक्माले गोल गर्दै बंगलादेशलाई सहज जित दिलाइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.