विप्लव भेट्न हरिसिद्धि पुगे प्रचण्ड

डिसी नेपाल
९ भदौ २०८२ ११:४६
64
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ। आज (सोमबार) प्रचण्ड ललितपुरको हरिसिद्धिस्थित विप्लवको निवासमै पुगेर भेटवार्ता गरेका हुन्।

प्रचण्ड र विप्लवबीच पार्टी एकताको बारेमा छलफल भएको बताइएको छ। माओवादी स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । तर, एकताका लागि अहिलेसम्म कार्यदल भने गठन हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.