रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध रवि लामिछाने उच्च अदालतमा

डिसी नेपाल
९ भदौ २०८२ १४:५९
496
Shares

काठमाडौं । आफ्नो भागको बिगो बुझाएर रिहा गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा दिएको निवेदन अस्वीकृत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका छन् ।

जिल्ला अदालत रूपन्देहीले रविलाई थुनामै पठाउने आदेश गरेको थियो । यसविरुद्ध रविले उच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेको निवेदन अस्वीकृत गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि कारागारमा छन् । उनको निवेदन उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता भएको हो । रूपनन्देही कारागारमा रहेका लामिछानेलाई केही दिनअघि काठमाडौंको नख्खु कारागारमा सारिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.