भियतनामकी उपराष्ट्रपतिले गरिन पाटन दरबारको भ्रमण
काठमाडौं । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन पाटन दरबार स्क्वायरको भ्रमण गरेकी छन्।
गत शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति भो थि आनले आज स्वदेश फिर्ता हुनु अघि पाटन दरबार स्क्वायर भ्रमण गरेकी हुन्।
उनलाई ललितपुर महानगरपालीकाका प्रम्ख चिरीबाबु महर्जनले स्वागतकासाथै भ्रमण गराएका थिए।
उनी आजै स्वदेश फर्किने छिन्। उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विदाइ गर्नेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment