विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित : ऊर्जामन्त्री खड्का

डिसी नेपाल
९ भदौ २०८२ २२:१९
48
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित हुने बताएका छन्।

पूर्वसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा गठित ‘विद्युत् व्यापार अध्ययन तथा सुझाव समिति’ ले बुझाएको प्रतिवेदन बुझ्दै आज उनले भने, ‘नेपालको जलविद्युत् क्षमता सदुपयोग गर्न सरकारी मात्र नभई निजी क्षेत्रलाई आन्तरिक तथा अन्तरदेशीय विद्युत् व्यापारमा समान अवसर दिनुपर्छ।’

ऊर्जामन्त्री खड्काले विद्युत् निर्यात र आयात दुवै प्रक्रियामा निजी क्षेत्रको सहभागितामा प्रतिस्पर्धा, दक्षता र लगानी बढाइने बताए। निजी क्षेत्रको सहभागिताले सरकारले लिएको २८ हजार ५०० मेगावाट उत्पादनको लक्ष्य हासिल गर्न टेवा पुग्ने उनको भनाइ छ।

समितिले विद्युत् व्यापारलाई व्यवस्थित र दीर्घकालीन रणनीतिसँग जोड्न आन्तरिक तथा अन्तरदेशीय व्यापारमा छुट्टै कम्पनीमार्फत कार्य सञ्चालन गर्नुपर्ने, आवश्यक नीति तथा प्रचलित कानुन परिमार्जन गर्ने, प्रसारण पूर्वाधारको सुदृढीकरण र क्षेत्रीय बजार पहुँच सुनिश्चित गर्ने जस्ता विषयमा सुझाव दिएको छ।

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरण, विज्ञ तथा स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) नेपालका प्रतिनिधिहरूले प्रतिवेदन तयार पारेर मन्त्री खड्कालाई बुझाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.