तीज व्रत, संयम र आत्म-अनुशासनसँग गहिरो रूपमा जोडिएको छ :प्रधानमन्त्री ओली

डिसी नेपाल
१० भदौ २०८२ ८:२७
12
Shares

काठमडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तीजलाई प्रायः गीत-नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको बताउँदै यसको मूल सम्बन्ध व्रत, संयम र आत्म-अनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन्।

मंगलबार हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै उनले प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइएतापनि समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भइ अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएको बताए।

उनले भने,‘तीजलाई प्रायः गीत-नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ। तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म-अनुशासनसँग गहिरो रूपमा जोडिएको छ। प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ। समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो। अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन्।’

उनले हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.