टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

डिसी नेपाल
१० भदौ २०८२ १०:५४
528
Shares

काठमाडौं। पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ।

नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रन मात्र बनायो।

नेपालको जितमा सन्दीप लामिछानेले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए। करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए।
त्यसैगरी ब्याटिङमा टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.