तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

डिसी नेपाल
११ भदौ २०८२ ७:२५
32
Shares

काठमाडौं। संघीय संसद अन्तर्गतका विभिन्न तीनवटा संसदीय समितिका बैठक आज (बुधबार)बस्दैछन्।

आज राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

राज्य व्यवस्था तथा सुशासन समिति बैठक दिउँसो ३ बजे समितिको सभाकक्षमा बस्नेछ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने कार्यक्रम रहेको छ।

यस्तै,विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कायैसूची छ।

त्यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधाय समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–०८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.