आज गणेश चतुर्थी : कमलादीस्थित गणेश मन्दिरमा भक्तजनहरुको भिड

डिसी नेपाल
११ भदौ २०८२ १३:२१
44
Shares

काठमाडौं। आज ‘गणेश चतुर्थी’ को अवसरमा काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा भक्तजनहरुको भिड लागेको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने ‘गणेश चतुर्थी’ पर्व आज बुधबार मनाइँदै छ र यसै अवसरमा कमलादीस्थित गणेश मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल बढेको हो।

आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायकसहित सबै गणेश मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ। भाद्र शुक्ल तृतीया (तीज)का दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्नबाधा नआओस् भनी कामना गर्दै गणेश पूजा गर्ने चलन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.