सुदूरपश्चिम प्रदेशसभासम्बन्धी संशोधन विधेयक प्रमाणीकरण
कैलाली। सुदूरपश्चिममा प्रदेशसभासम्बन्धी संशोधन विधेयक प्रमाणीकरण गरिएको छ।
आज यहाँ प्रदेशप्रमुख नजिर मियाँले ‘सुदूरपश्चिम प्रदेशसभाको सचिव तथा सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई प्रमाणीकरण गरेका हुन्।
यो ऐन २०७५ सालदेखि नै कार्यान्वयनमा छ। गत असार १३ गते शुक्रबार बसेको छैटौँ अधिवेशनको १३औँ बैठकल ऐन संशोधन गरेको थियो।
गत असार २३ गते सभामुखले प्रमाणित गरेको विधेयक प्रमाणीकरणका लागि यही भदौ १० गते प्रदेशप्रमुख कार्यालय पुगेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment