ओलीले भने-विद्याजीलाई अध्यक्ष दिन सकिँदैन, चुनाव भए हार्नुहुन्छ
काठमाडौं। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति एवं एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीमाथि खनिएका छन्।
भण्डारीले आफूलाई ‘अब तपाईंले सक्नुहुन्न मलाइ सहयोग गर्नुस्’ भनेको उल्लेख गर्दै ओलीले आफूले त्यस्तो भ्रममा नपर्न आग्रह गरेको सुनाए। बुधबार प्रधानमन्त्री निवास बालुवाटमा काठमाडौंका केन्द्रीय सदस्यसहित बागमतीका नेता र महाधिवेशन प्रनिनिधिलाई बोलाएर निर्देशनात्मक प्रशिक्षण दिएका थिए।
सो प्रशिक्षणमा ओलीले पूर्वराष्ट्रपति भण्डारीदेखि गत निर्वाचनमा आफूले सहयोग गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा सभापति रवि लामिछानेसम्मका विषयमा कडा टिप्पणी गरेका हुन्।
सो प्रशिक्षणमा सहभागी जिल्ला कमिटी काठमाडौंका अध्यक्ष दीपक निरौलाका अनुसार ओलीले पार्टी राजनीतिकदेखि राष्ट्रियतालगायतका विषयमा ब्रिफिङ गरेका थिए। ओली अधिकांश समय पूर्वराष्ट्र भण्डारी र एमाले उपाध्यक्ष ईश्वर पोखरेलका विषयमा बोलेका थिए।
ओलीले भण्डारीलाई आफूले बालुवाटार बोलाएको तर उनी पार्टी बालुवाटार नआउने भनेर आफूले पार्टी कार्यालयमा भेटेको सुनाएका थिए। ‘मैले उहाँलाई बालुवाटार बोलाएको थिएँ, तर उहाँ आउन चाहनु भएन र पार्टी कार्यालयमा भेट भएको हो,’ ओलीले भनेका थिए,’ सो भेटमा उहाँले (भण्डारी) ले ‘अब तपाईंले सक्नुहुन्न, मलाई सहयोग गर्नुस् भन्नु भएको थियो’ मैले भ्रममा नपर्न आग्रह गरेँ।’
ओलीले पार्टीका केही नेताले पूर्वराष्ट्रपति भण्डारीको फोटो राखेर धन्दा चलाउन खोजेको टिप्पणी गरेका थिए। भण्डारीले च्याससले मेरो सदस्यता खायो भनेको उल्लेख गर्दै ओलीले पार्टीको सदस्यता खाएको छैन, पार्टीमा निवेदन दिनु भएको छैन, प्रक्रिया मिलेको छैन भनेका थिए।
विद्याजीलाई अध्यक्ष दिन सकिन्न, चुनाव भयो भने हार्नु हुन्छ लालगेडी भएर पार्टी चल्दैन, त्यसैले विद्याजीको सम्भावना छैन : ओली
उनले राष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा आउनु उचित नभएको उल्लेख गर्दै सदस्यता नवीकरण गर्ने विषयमा पार्टीले निर्णय गर्नुपर्ने दाबी गरे। ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टी नेतृत्वका लागि चुनाव लड्ने चाहना राखेको तर आफूले चुनाव लड्न नपर्ने सुझाव दिएको बताए।
‘विद्याजीलाई अध्यक्ष दिन सकिन्न, चुनाव भयो भने हार्नु हुन्छ लालगेडी भएर पार्टी चल्दैन, त्यसैले विद्याजीको सम्भावना छैन,’ ओलीले भने।
उनले विद्या भण्डारीलाई आफूले जति सम्मान अरुले नगरेको उल्लेख गर्दै विद्यालाई साथ दिँदा आफू अपमानित हुनुपरेको समेत उल्लेख गरे।
उनले पूर्वराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु शोभनीय नभएको उल्लेख गर्दै अशोभनीय गतिविधि नगर्न चेतावनीसमेत दिएका थिए।। भण्डारीले पार्टीको पक्षमा नबोलेकाहरुलाई भेला गरेर हिँडेको दाबी गर्दै ओलीले उनी निकट संचालमाध्यममा आफू विरुद्ध जथाभावी लेखाउने काम भएको दाबी गरे।
भण्डारी एमालेमा आएर अध्यक्ष हुन सम्भव नभएको ओलीले दाबी गरे। उनले आफूहरु आफ्नो योग्याताका आधारमा यहाँ आइपुगेको उल्लेख गर्दै आन्दोलनलाई पार्टीले अगाडि बढाएको तर त्यसलाई नदेख्ने र विरोधीलाई सहयोग गरिरहेको आरोपसमेत लगाए।
सो प्रशिक्षण कार्यक्रममा ओलीले सरकारले गरेका सकारात्मक कामको पनि चर्चा गरेका थिए। उनले अहिले पनि अदालतमार्फत वाधा उत्पन्न गर्ने कोशिश भइरहेको उल्लेख गर्दै सबै बाधालाई पन्छाएर अगाडि बढ्ने जनाए।
उनले पार्टी उपाध्यक्ष ईश्वर पोखरेलमाथि पनि कडा टिप्पणी गरेका छन्। ईश्वर पोखरेलले बाटो विराएको उल्लेख गर्दै ओलीले पोखरललाई अभागी नेताको संज्ञासमेत दिए। ‘ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन,’ ओलीले भने, ‘अभागीलाई खाने बेलामा रिस उढ्छ।’








डिसी नेपाल







Facebook Comment