रूपन्देही-३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

डिसी नेपाल
१२ भदौ २०८२ १०:३६
60
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा उम्मेदवार छान्न आज प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) गराइरहेको छ।

रास्वपाबाट रूपन्देही-३ को प्रतिनिधि सभा उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन्।

सुलभ खरेल, पार्थिवेन्द्र उपाध्यक्ष, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता आकांक्षी छन्। त्यस्तै कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षी छन्।

मतदाताहरूले ९ जनामध्ये एक जना उम्मेदवारलाई छनोट गर्न पाउनेछन्। ९ जनामध्ये कुनै पनि उम्मेदवार मन परेन भन्न पनि पाउने सुविधा रहेको छ।

मतदाताले मोबाइल एपमार्फत् मतदान गर्नेछन्। मतदान बिहीबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म समय निर्धारण गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.