यी हुन् ‘डि एस ए स्टार २०२५ सिजन-१७’का विजेता बालबालिका

डिसी नेपाल
१२ भदौ २०८२ १३:३२
228
Shares

काठमाडौं। परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डि एस ए स्टार २०२५ सिजन-१७’को फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् ।

प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ म्यारी तामाङ विजेता बन्दा शितल तामाङ ‘फस्ट रनरअप’, ग्रेसिका अधिकारी ‘सेकेण्ड रनरअप’, एमिया अधिकारी ‘थर्ड रनरअप’, योजिना पुन मगर ‘फोर्थ रनरअप’ र आहाना भट्ट ‘फिफ्थ रनरअप’ भए।

त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ रित्रिशा लम्गादेले शीर्ष उपाधि जित्दा अनुराधा कुलुङ ‘फस्ट रनरअप’, दिलीसा थापा ‘सेकेण्ड रनरअप’, सनिशा श्रेष्ठ ‘थर्ड रनरअप’, प्राश्ना केसी ‘फोर्थ रनरअप’, आकांक्षा श्रेष्ठ ‘फिफ्थ रनरअप’, आरुसी आचार्य ‘सिक्स्थ रनरअप’ र एलिना मल्ल ‘सेभेन्थ रनरअप’ बने।

त्यस्तै ‘प्री-टिन डान्सिङ स्टार’तर्फ सिवानी गुनी विजेता बन्दा गौरव ढकाल ‘फस्ट रनरअप’, आरभी लम्साल ‘सेकेण्ड रनरअप’, आजु कुश्मा ‘थर्ड रनरअप’, रियान श्रेष्ठ ‘फोर्थ रनरअप’, उपासना लामिछाने ‘फिफ्थ रनरअप’, साईना दियाली ‘सिक्स्थ रनरअप’ र सरिष्मा दराई ‘सेभेन्थ रनरअप’ भइन्।

यसैगरी ‘जुनियर सिङगिङ स्टार’ तर्फ क्यारेन गुरुङले शीर्ष उपाधि चुम्दा आँचल पुन ‘फस्ट रनरअप’, प्रिएन्स केसी ‘सेकेण्ड रनरअप’, सृष्टि क्षेत्री ‘थर्ड रनरअप’ र मायुरा सुनार ‘फोर्थ रनरअप’ भइन्।

यस्तै ‘प्री-टिन सिङगिङ स्टार’ तर्फ सुलभी श्रेष्ठले उपाधि जित्दा संस्कार सापकोटा ‘फस्ट रनरअप’, स्वइच्छा गुरुङ ‘सेकेण्ड रनरअप’ र महिम पाण्डे ‘थर्ड रनरअप’ बने।
‘एक्टिङ स्टार’ तर्फ अच्युत अधिकारीले शीर्ष उपाधि चुम्दा अन्वेषा धिताल ‘फस्ट रनरअप’, राडर सिलवाल ‘सेकेण्ड रनरअप’ र आहाना अधिकारी ‘थर्ड रनरअप’ भए। प्रतियोगितामा जयन सुब्बा मानन्धरको कोरियोग्राफी थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको निर्णायकमा गायिका देविका बन्दना, वेलकम ग्रुपका प्रमुख तथा एडमाएर नेपालका अध्यक्ष नीता पौडेल र साउथवेस्टन स्कुलका प्रिन्सिपल डा. रमेश अधिकारी निर्णायक थिए ।

हर्लिसको प्रमुख प्रायोजन रहेको प्रतियोगितामा नेपाल वायु सेवा निगमको सहयोग थियो । परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) सोनिया जी आरले फाइनल अघि ३१ दिनसम्म १०४ जना बालबालिकालाई काठमाडौंको लिंकन स्कुल र एन्जल हार्ट सेकेण्डरी स्कुल तार्केश्वरमा प्रशिक्षण दिइएको बताइन् ।

उनका अनुसार विजेताले म्युजिक भिडियोमा अभिनयसँगै सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्वको अवसर पाएका छन् ।
कार्यक्रममा गायक कमल खत्री र गायिका मेलिना मैनालीलाई ‘राष्ट्रिय श्रष्टा सम्मान २०८२’ ले सम्मान गरिएको थियो।

हाउसका निर्देशक राज बराइलीले बालबालिकाका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धाको ढोका खोल्न प्रतियोगिता आयोजना गरिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.