अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौं : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनलाई नियन्त्रित र एकीकृत गर्न सत्सँगले सहयोग पुग्ने बताएका छन्।
मध्यबानेश्वरमा नवनिर्मित कबीर सत्संग आश्रमको भवन उद्घाटन गर्दै उनले मानिसलाई सही मार्गमा हिँडाउन सत्संगको महत्वपूर्ण भूमिका रहने बताए। उपप्रधानमन्त्री सिंहले धर्म, सतसंगमा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
‘अनियन्त्रित मनहरुलाई नियन्त्रित र एकीकृत गर्ने माध्यम सत्संग हो। धर्म,सत्कर्ममा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘समाजमा मिलेर बस्ने वातावरण बनाउन परोक्ष रुपमा सत्संगले मद्धत गर्छ। आश्रमले अझ धेरैलाई सत्मार्गमा हिँड्न हिँड्न प्रेरित गरोस्।’
अहिले मानिसको जीवनशैली तनावपूर्ण अवस्थामा रहेकोले मानिसहरुलाई सत्विचारमा हिँडाउन र जीवनको लक्ष्य पहिचान गर्ने क्षमता विकास गराउन धार्मिक, आध्यात्मिक संस्थाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै ती संस्थालाई प्रवर्द्धन गर्नुपर्ने सिंहको भनाई छ।







डिसी नेपाल







Facebook Comment