लघुकथा : भिख
बाँच्नुको परिभाषा के हुन सक्छ ? मृत्यु अवश्यम्भावी छ। के हाम्रो जन्म मृत्युको लागि मात्रै हो। परासर असन्तुष्टि व्यक्त गर्छ। “बाँचेर हेर, जिन्दगीको महान अर्थ छ। मृत्यु निरन्तर प्रकृया हो। तिम्रो जन्म संसार बदल्न हो।” अर्चना परासरलाई आश्वश्त पार्न खोज्छे।
परासर र अर्चना एउटै कलेजका इ.पी.एम मास्टर डिग्रीका विद्यार्थी हुन्। परासर अलि भावुक छ। भावनामा बहकिन्छ। जिन्दगीको परिभाषा खोज्ने क्रममा उ आफैलाई अर्थहीन ठान्न पुग्छ।
अर्चना अलि रोमाटिन्क छे। ऊ जिन्दगीलाई सहज रुपमा स्वीकार्छे। जिन्दगीको परिभाषा जेसुकै होस् रमाएर बाँच्न पाए हुन्थ्यो भन्छे। यी दुईका विचको सोचमा आकाश पातालको भिन्नता भए पनि यी दुई असल मित्रहरु हुन।
अर्चनाको संगतले परासरमा जिन्दगी बुझ्ने दुष्टिकोणमा परिवर्तन आउन थालेको छ। के साँच्चै मेरो जन्म संसार बदल्न भएको हो त? म कसरी संसार बदल्न सक्छु? संसारमा समानता र समता छैन। शोषण र दमन छ। जातीय विभेद छ। धार्मिक अतिवाद छ। लैंगिक असमानता छ। धनी र गरिबबीचको खाडल गहिरिएको छ। वर्ण भेद कायमै छ। के म यसका विरुद्ध लड्न सक्छु? के म क्रान्तिकारी बन्न सकूँला? न्यायिक लडाईं लड्दा लड्दै मैले शाहदत प्राप्त गरे के हुन्छ? अनेक तर्क विर्तक गर्छ परासर।
एकाएक परासरको व्यवहारमा आएको परिवर्तनले उसको सूत्र परासरमा लागू भएकोमा अर्चना दंग छे। जीवनबाट हार खाएको कुरा गर्ने परासर अहिले जीवनको सार्थक परिभाषा सिकाउने भएको छ। परासर मास्टर डिग्री सकाएर समाज परिवर्तनमा लाग्ने योजना बनाइ रहेको छ।
“मास्टर डिग्री सकाएर अर्चना के गर्छे कुन्नि? मलाई अब अर्चनाको साथ आवश्यक छ। मेरो प्रस्ताव अर्चनाले मान्लि कि नमान्लि? उसले म हिड्ने बाटो देखाइ दिई। मलाई जीवनको परिभाषा सिकाई दिई। अर्चना विनाको जीवन यात्रा असम्भव छ। मैले जीवनको भिख मागे अर्चना। मलाई तिम्रो जीवन देऊ। म संसार बदल्ने छु।” परासर एक्लै गुनगुनाउँछ।
परासरको गुनगुनाहट अर्चनाले सुनेकै छैन। पछिल्लो समय परासर र अर्चनाबीच संवाद भै रहेको छैन। परासरले देखेको सपना पूरा गर्न के अर्चनाले साथ देली त?
सुन्दरहरैंचा-६, दुलारी, मोरङ
















Facebook Comment