प्रचण्डको दाबी-भारतसँग कालापानी-लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ

डिसी नेपाल
१३ भदौ २०८२ ७:३७
152
Shares

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल-भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको दाबी गरेका छन्।

विराटनगरमा सम्पन्न १ नं. प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

उनले भने,म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी, इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल-भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गराएको हो। यो कुरा तपाईंहरूले पनि बुझ्नुप¥यो। तल जनतालाई पनि बुझाउनुपर्‍यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.