माओवादी मुख्यालयमा शिक्षकहरूको धर्ना

डिसी नेपाल
१३ भदौ २०८२ १२:४०
44
Shares

काठमाडौं । शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पेरिसडाँडामा आज धर्ना दिएका छन्।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएका हुन्।

सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिन भन्दै शिक्षकहरूले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको महासंघले जनाएको छ। शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालय र आज माओवादीको कार्यालयमा धर्ना बसेका हुन्।

महास‌ंघका अनुसार पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११:०० बजे देखि दिउँसो १:०० बजेसम्म २ घण्टा नेकपा माओवादी केन्द्रको कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन्।

प्रतिनिधि सभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको बताइन्।

विधेयकमा रहेका असहमतिका बुँदाहरूलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट सम्बोधन गर्न राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास महासंघले गरेको उनले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.