माओवादीको पार्टी कार्यलयमा शिक्षक महासंघको धर्ना

डिसी नेपाल
१३ भदौ २०८२ १३:१०

काठमाडौं। शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यलय पेरिसडाँडामा धर्ना दिएका छन्।

सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन नगरेको भन्दै महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको जानकारी दिए।

उनका अनुसार महासंघले दिउँसो १ बजे पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाउने छ।

उनले भने,‘हामीले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज यहाँ धर्ना दिएका हौं। हामीले नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षण पत्र बुझाएका थियौं। आज यहाँ धर्ना दिएका छौं। सानो उपस्थिति छ यहाँ। १ बजे हामीले माओवादीको पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने छौं।’

उनले सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले दबाव दिनका लागि राजनीतिक दलका कार्यालयमा धर्ना दिएको बताए।

उनले २१ गतेदेखि दोस्रो चरण आन्दोलन कडा रुपमा सञ्चालन हुने पनि जानकारी दिए।

‘२१ गतेदेखि दोस्रो चरण आन्दोलन कडा रुपमा हुन्छ। अहिले दबाव दिइरहेका छौं । विधेयकमा धेरै कुरा छुटेका छन् सुधार्नुपर्ने छ परिमार्जन गर्नुपर्ने छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.