मनाङ-२मा कार्तिक १७ गते उपनिर्वाचन

डिसी नेपाल
१३ भदौ २०८२ १६:२१
44
Shares

काठमाडौं। निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर-१ को प्रदेशसभा-२ का लागि उपनिर्वाचनको मिति तय गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी कात्तिक १७ गते हुने गरी मनाङमा प्रदेश सभा उपनिर्वाचनका लागि मिति तोकिएको हो।

सो क्षेत्रबाट तत्कालिन प्रदेशसभा प्रतिनिधि राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्वाचित भए पनि सर्वोच्च अदालतले गत असार ४ गते पदमुक्त गरेको थियो।

सर्वोच्च अदालतले गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएको भन्दै उनको पदका लागि अयोग्य ठहर गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.