मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

डिसी नेपाल
१३ भदौ २०८२ १६:४०
12
Shares

जनकपुर । मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले आफ्नो कुरा राख्ने समय दिएका थिए।

प्रमुख प्रतिपक्षका सांसदहरुले २०८२/०८३ को बजेट वक्क्तव्यमा विपक्षी बिना बहुमत पद्धतीबाट बजेट पारेत गरिएको, नाटकीय रुपमा कार्यदल गठन गरी कार्यदलमा सरकारकै प्रतिनिधिलाई राखिनु र समस्या समाधान गर्नुको साटो अल्पमत र बहुमतको खेल गरेको आरोप लगाएका छन्

बहुमतको बल प्रयोग गरी बजेट पास गरेकाले अब ऐन कानुन बनाउन किन हामीलाई खोज्नुपर्यो भनेर प्रमुख प्रतिपक्षका सांसदहरुले प्रश्न गरेका छन्

उनीहरुले बजेटमा देखिएको अनियमितता, बिचौलिया हाबी र रेड बुकमा देखिएको गडबडीलगायतका समस्या समाधान नभएसम्म र अर्थमन्त्रीले राजीनामा नदिएसम्म आफूहरुले बैठक अवरुद्ध राख्ने चेतावनी दिएका छन्

साथै पहिला गठन गरिएको संसदीय छानबीन समितिले अहिलेसम्म कार्यान्वयन किन भएन भनेर उनीहरुले समामुख मण्डललाई प्रश्न गरेका थिए

त्यसपछि समाभुख मण्डलले मधेश प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको घोषणा गरे करिब १ महिनापछि बसेको बैठक हिजो पनि जसपा नेपालका सांसदसहित प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्रीको राजिनामा माग गर्दै अवरुद्ध गरेका थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.