उच्चस्तरीय भेटवार्तामा लिपुलेकबारे कुरा उठ्छः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा क्रममा लिपुलेकका बारेमा कुरा राख्ने बताएका छन्।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमिमा भारत(चीनले व्यापार मार्ग खोल्न गरेको सहमतिबारे कुरा राख्ने बताउनुभएको हो ।
उच्चस्तरीय भेटवार्तामा लिपुलेकको कुरा त उठाउनुहुन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्रीले अवश्य उठ्ने प्रतिक्रिया दिएका हुन्।
प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदै छन्। भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपतिसंग भेटवार्ता गर्ने तय भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment