कविताले ऐनाको रुपमा काम गर्छ : गगन थापा

डिसी नेपाल
१३ भदौ २०८२ १८:५१
40
Shares

काठमाडौं। नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कविताले सबैलाई ऐनाका रुपमा काम गर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कवि बिसुकुमार केसीको ‘पागल हुन कहाँ सजिलो छ र ?’ कविता संग्रह सार्वजनिक कार्यक्रममा उनले यो कविता संग्रहमा भएको कविताहरु कस्तो नराम्रो जस्तो लाग्न सके पनि त्यसले सबैलाई ऐना देखाउने काम गरेको बताए।

उनले भने, ‘विसु दाईको यो जुन कविताहरु छन् यसले सबैलाई ऐना देखाएको छ। हामीले कविता पढ्दै गर्दा कस्तो नराम्रो जस्तो लाग्न सक्छ तर त्यसले हामीलाई ऐना देखाउने काम गरेको छ।’

यस्तै, उनले साहित्यको सबैभन्दा गहिरो र गाह्रो विधा भनेको कविता भएको भन्दै कविता सिर्जना गर्नको लागि गहिरो चेतना भएको दिमाग हुनुपर्ने बताए।

कविहरुको दिमाग भरिएको हुन्छ तर खल्ती खाली हुने भन्दै कार्यक्रममा उपस्थित सबैले किताब किनेर लान पनि उनले आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.