कर्णाली राजमार्गको कालीकोट सडक खण्ड अवरुद्ध

डिसी नेपाल
१७ भदौ २०८२ १९:५०
44
Shares

काँक्रेविहार (सुर्खेत)। आज साँझदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला भन्ने स्थानमा पहिरो गएपछि सडकको सो खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

पहिरो गएसँगै आज बेलुकी ६ः०० बजेदेखि पूर्ण रूपमा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए। सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू सडकै रोखिएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.