कविता : खुल्ला आकास

शंकरप्रसाद रिजाल
२१ भदौ २०८२ ७:०७
168
Shares

खुल्ला आकास खुल्ला मन एक जीवन धन
धन्य तिम्रो जीवन जसमा सब खुल्छ मन
शरीर भित्रको अंग हेर्दा देखिन्छ मासु सबै
सृष्टिको पर्दाभित्र लुकेका छन् ती सबै।

सानो सबैको मनमा कत्रो आकास देखिने
कसैको मन त्यो हेर मुसाको सरी देखिने
शरीर भित्र मन छ मन भित्र हृदय
छ भित्र भित्र कता लुकेको छ अदृश्य।

सानो हृदय भित्रपनि खुल्ला आकास खुलेको
कृष्णको मुख भित्रपनि त्यो कसरी लुकेको
आकास गंगा तन र मनको बहार
बिना बादलको छ नभ त्यो बिशाल।

कबि लेखक दगुर्छन् त्यो खुल्ला आकासमा
पन्छीहरु माथि उड्छन् त्यो ठूलो गगनमा
दुःख छैन कि जस्तो छ त्यो आकासमा कतैपनि
उडिपो जाने होकी आकासमा चारैतिर रमाउँदै।

हेर पृथ्वी तलमा बिशाल छ योपनि
मानिसको बस्तीले भरिएको जहाँ त्यहीँ
जन्मिने र मर्ने समय छ यो ठाउँमा
कसैकोपनि एकैनास छैन यो गाउँमा।

लोभ मोहको प्यास छ यहाँ सधैंभरी
ईश्र्या डाह भरिएकाछन् सबै जीउभरी
पखेटा छैन उडुं म कसरी आकासमा
इच्छा छैन यहाँ बस्ने यो पृथ्वीमहाँ।

न हिजोको चिन्ता छ न आजको त्यहाँ
नभोलिको सुर्ता छ त्यो खुल्ला आकासमा
आकास मेरो मनभित्र नै छ
धर्तीमा रहेको भूमिपनि साथमै छ।

उड्ने होकी खुल्ला आकासमा रमाउँदै
या यही बस्ने हो यो देशमा दुःख पाउँदै
बसाई होस् धर्तीमा खुल्ला आकास जस्तो गरी
अनिमात्र आकास बिर्सिनेछु धर्तीमा बसने गरी।।

चिन्ताको संसार

काठको मुढा बलेपछि कोइला बन्छ
कोइला जली फेरि खरानी बन्छ
जलेर सारा उडी जान्छ
कहाँ जान्छ मरेपछि थाह हुन्छ।

चिन्ताको जीवनपनि कोइला बन्छ
तर कोइलाबााट खरानी बन्न बाँकी रहन्छ
चिन्ता कसरी जीवनबााट अन्त हुन्छ
भाग्यमा जुन लेखेको छ त्यही हुन्छ।

कोही आँसु पिएर जिउँदा छन् भने
कोही च्यातिएको मनलाई सिइ बस्दछन्
कहीँ सूर्य उदाउँछन् भने कहीँ चिता जल्दछन्
यसरी नै जीवले कर्मको भोग गर्दछन्।

बुझी नसक्नु छ संसार कहीं सुखी छन्
बुझ्दा सबै मानिसहरु यहाँ दुःखी छन्
हे भगवान यो तिम्रो कस्तो नियम हुन्
यहाँ थोरै सुखी छन् भने लाखौं दुःखी छन्।

कहीँ जन्ती छ कहीँ लाश डढेका छन्
यो बेहालको जीवन सबैले भोगेका छन्
यो साँझको सबेरा कहिले भइदिने
सुतेको पन्छी फेरि उडेर कहिले जाने।

अब केही चाहिन्न यसै हालमा छोडी देउ
अरुको चिन्तालाई बरु नामेट गरी देउ
चिन्ताको चितामा सधैं सधैं जली रहुँ
जलेको मुढा जस्तो म कोइला बनीरहुँ।

कोइलापनि जली जाओस् खरानी बनीरहुँ
उडाओस् यो खरानी फेरि नभमा उडिरहु
काग कौवा पनि रोलान् विपदको घडी हेरी
चन्द्र तारापनि रोलान् आकासमा धरधरी।

लिखित अलिखित

अलिखितले लिखितको भाषा कहाँ बुझ्छ र
बहिराले बोलेको भाषाहरु काहा सुन्छ र
किताबको शब्दहरु भन्दा मनको शब्द पढ
लुकेका सब ती घुइह्य खुलेर भन्ने गर।

बोली मिठो हो भनेदेखि समयमा बोलने गर
मागेको कुनै छैन मुख खोली हाँसने गर
नबोल्ने भन्दा त बोलने मुख नै प्रिय छ
नलेखेका कुरा भन्दा लेखेका कुरा श्रेय छ।

पर्दा पछाडि चाहिन्न पर्दा उघारी हेरन
पर्दा लागेको सिनेमा कुनै म हेर्न चाहन्न
भित्र के बोल्छ थाह छैन बाहिर गुप्चुप छ
त्यस्ताको भरनै हुन्न भित्र के चलखेल छ।

सुनसान रातको भन्दा बिहानीको प्रिय छ
औंसी रातको भन्दा पूर्णिमा अति प्रिय छ
म हेर्न सक्तिन कुनै बाँधेका ती किताब
बुझ्दिन कुनै तिपनि अलिखित हिसाब।

बोलि संसारमा बिक्छ मौनता कहीँपनि
हाँसो सबमा बिक्छ आँसु बिक्दैन कहीँपनि।
खुलेको सब त्यो मिठो फलेको फल बिजको
नखुलेको ब्रिक्षको बीज हुन्छ त्यो कुन कामको

तीर्खाको प्यास खुलेमा जलको घडाले तृप्त हुन्छ
भोकै नलागेको मानिसमा भोजनको के मोल हुन्छ ।
बोली नफुटेको बालक कस्तो हुन्छ भन्न सकिन्न
फुटेको बोली मिठोको बयान म गर्न सक्तिन

झलमल्ल संसारमा सबै झलमल्ल देख्दछु म
रातको अँध्यारोमा सबै सुनसान बुझ्दछु म।
लेखेको संबिधानमा सबै कुरा छर्लंङ हुन्छ
अलिखित विधानमा सबै बिबेकले हुन्छ

लेखेका किताब सबै बोली बन्द भए सर
रहनेछन् यस धर्तीमा बालिी नफुट्ने गरी
लिखितै हो सबै सच्चा झुठा अलिखित हो
बोलि नै त्यो हो साँचो नबोलने तालचा हो ।

कलापूर्ण जीवन शैली

कति बाँचने जीवन यो यसको मोल छैन
बाँचने कसरी जीवन हो त्यो अमूल्य छ
साथी जीवन संगतसँग हामी खेली बसौं
हरेक समयको पलपलमा कर्मशील बनिरर्हौं।

समस्या छैन जीबनमा यो स्वयं निर्मित हो
समाधान खोजेमा त्यो आफैं भित्रबाट पाउने हो
सहजता सबमा लिनु त्यो आफ्नो धर्मनिष्ट हो
यसैभित्र नै समाधान खोज्नु त्यो कर्मनिष्ट हो।

न्यास ध्यान कुनै छैन रुखा सुखा छ जीवन
सानो बाकसलाई बाँधने झैं देखिन्छ यो रिबन
नफुकाली यो बाकस बाह्य विश्व झलमल्ल छ
फुकालिए यो बाकस भित्र संसार दिनहीन छ।

बिस्तारै खोल यो जीवन खेलौना सरी बन्दछ
यही जीवनले हामीलाई उत्सर्गमा पुर्याउँदछ
खोलौं ज्ञानले जीवन यो अति बहुमूल्य छ
त्यसलाई कसरी खोल्ने आफैंमा निहीत छ।

अज्ञानमा गुमनाम हुन्छ ज्ञानमा सजीव छ
जीवन बेगले होइन कला कौसलले बिनम्र छ
सजीलो छैन यो जीवन नजानेपछि क्लिष्ट छ
सुबोध कर्मले गर्दा यो अति रमणीय छ।

आहार बिहारको शैली हो यो जीवनको उपहार
त्यो भन्दा माथि एकतह छ जागरणको बहार
कर्मैमा जीवन हाम्रो छ फलमा छैन मानव
इश्र्या घमण्ड र द्वेसले मानिस बन्छ दानब।।

अरुले गुलियो खायो मुख मिठ्याउँछौ किन
कसैले “गू” लियो खायो बरु तिमी छिछि भन
आफैंमा जीवन हाम्रो छ आफैंभित्र लिइ बस
भित्र उर्जाको बेगबाट तिमि फेरि तल नखस।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.