कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

डिसी नेपाल
१८ भदौ २०८२ २१:३९
124
Shares

गोरखा। कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव ल्याइदिन आफन्तजनले सरकारसँग आग्रह गरेका छन्।

वैदेशिक रोजगारीका लागी विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राति सुतिरहेको अवस्थामा मृत फेला परेका थिए। ४२ वर्षीय बराम केही वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए। ‘त्यहाँ शनिबार बिदा हुने रहेछ। त्यो दिन साथिभाईहरुसँग खानपिन गरेर सुतेका रहेछन्, बिहान उठ्दै उठेनन्’, वडा सदस्य गोलबहादुर बरामले भने, ‘रातको २ बजेसम्म श्रीमती पवित्रा बरामसँग कुराकानी भएको रहेछ।’

बरामको एक छोरा र एक छोरी छन्। उनको आर्थिक अवस्थासमेत कमजोर रहेकाले मृतकको शव नेपाल ल्याउन हालसम्म कुनै पहल नभएको वडा सदस्य बरामले बताए। उनका बुबा र भाई शारीरिक अपाङ्ग छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.