इन्द्रजात्रा : काष्ठमण्डपदेखि ब्ल्याक हिलसम्मको सांस्कृतिक यात्रामा

डिगबहादुर तामाङ
२० भदौ २०८२ ११:०७
48
Shares

मानव जीवनका स्मृतिमा केही पर्वहरू यस्ता हुन्छन्, जसले बाल्यकालदेखि जीवनको उत्तरार्धसम्म गहिरो छाप छाडिरहन्छ। तीमध्ये एक हो-इन्द्रजात्रा, जसले मेरो सांस्कृतिक चेतनामा स्थायी प्रभाव पारेको छ।

आज पनि जब यो पर्व आउँछ, मेरो मन फेरि एकपटक कस्ठमण्डप वरिपरिका प्युखाटोल,मासंगगल्लि, इन्द्रचोक, भएर गल्लीहरूमा भौतारिन्छ, लाखे नाचको लयमा नाच्छ, र इन्द्रध्वजा फहराउने त्यो विशिष्ट क्षणलाई श्रद्धा र उत्साहका साथ सम्झिन्छ। इन्द्रजात्राको समयमा, मेरा साथीहरुसंग गएर, “ला छाकु वोया समयबाची ” भनेर माग्न गएको तिरमाइलो दिनहरुको याद आउने हरेछ , जतिनै बुढो भएपनि।

🕉 पौराणिक कथा : स्वर्गका राजा इन्द्रको बन्धन र मुक्तिको उत्सव

इन्द्रजात्रासँग जोडिएको पौराणिक कथा अत्यन्तै रोचक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण छ। स्वर्ग नपाइने पारिजात फूल काठमाडौँ उपत्यकाभित्र मात्रै फूल्ने ? देवताहरुको पनि राजा इन्द्रलाई चोर भनेर थुन्नसक्ने कति सक्तिसाली रहेछन त्यसबेलाका नेपालका किसानहरु।

पुराण अनुसार, स्वर्गका राजा इन्द्रकी आमा ऐरावतीको पूजा गर्नका लागि उनले पृथ्वीमा उत्रिएर एक पारिजात पुष्प (विशेष सुगन्धित फूल) लिन खोजे। तर, उनलाई मानिसहरूले चोर ठानी बन्दी बनाएर बाँधेर राखे। यस घटनाले स्वर्गमा अन्धकार फैलियो, वर्षा रोकियो, र पृथ्वीमा सूखा सुरु भयो।

त्यसपछि मानिसहरूले इन्द्रप्रति क्षमा माग्दै पूजा अर्चना गरे। इन्द्रको पूजा पछि वर्षा पुनः सुरु भयो, सहकाल आयो, र मानव–दैविक सम्बन्धको पुनः स्थापनाभएको प्रतीकस्वरूप इन्द्रजात्रा मनाउन थालियो।

यो कथा केवल एक देवता र मानिसबीचको संवाद होइन-यो प्रकृति, धर्म र समाजबीचको सम्बन्धको पुनः स्थापनाको कथा हो, जसले इन्द्रजात्रालाई एक सांस्कृतिक चाडमात्र नभएर एक पवित्र चेतनाको पर्व बनाएको छ। इन्द्रजात्राको शुरु राजा गुनाकामादेवको पालामा अर्थात् १०वौ शताब्दीदेखि सुरु भएको रे।

स्मृतिको किल्ला: कस्ठमण्डप

मेरो बाल्यकालको इन्द्रजात्रा कस्ठमण्डप वरिपरि घुम्थ्यो। लाखे नाच, कुमारीको रथयात्रा, भैरव र गणेशको दर्शन, अनि झ्याल झ्यालभरि झुन्डिएको दर्शकहरूको रमाइलो-यी सबै दृश्यहरू मेरो मानसपटलमा अझै उज्यालो छन्।

त्यो समयको रमाइलो, त्यति सजीव थियो, जुन म अहिले प्रवासमा पनि शब्दहरूमा उनेर पुनः बाँच्न खोजिरहेको छु।

 ब्ल्याक हिल Maryland America मा पुनर्जन्म भएको इन्द्रजात्रा

समयको गतिले मलाई अमेरिका ल्यायो। आज म मेरिल्याण्ड राज्यको गेट्हेसबर्गस्थित ब्ल्याक हिल पार्कमा इन्द्रजात्रा मनाउन जान्छु।
भन्नु पर्दा, अब त्यो ठाउँ नै मेरो लागि दोस्रो कस्ठमण्डप बनेको छ।

सयौं नेपाली अनुहार, सांस्कृतिक पोशाक, लाखे नाच, कुमारी झाँकी-यी सबैले मलाई फेरि बाल्यकाल फर्काइदिन्छ। नेवा मानिसहरु प्रति धन्यवाद र अनुगृहित हुँदै इन्द्रजात्र हेर्न पर्सि शनिबार म त्यहाँ जाने निधो गरेको छु।

प्रवासमा यस्ता चाडपर्वहरू केवल रमाइलोको अवसर होइनन्-ती आत्मा सँग जोडिने अवसर हुन्, जहाँ हामी भाषा, भेष, र धर्मको गहिरो अर्थलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दैछौं।

दशैंको पहिलो किरण

इन्द्रजात्रा लाग्नासाथ नेपालीहरूका मनमा एउटा सन्देश बज्छ-“अब दशैं आयो!”

यो केवल चाडको पूर्वसूचना होइन, उत्सवको लयमा प्रवेशको निम्तो हो।

इन्द्रजात्रा, वर्षा र सहकालको नेवा मानिसहरु प्रति धन्यवाद र अनुगृहित हुँदै इन्द्रजात्र हेर्न पर्सि शनिबार म त्यहाँ जाने निधो गरेको छु। प्रतीक मात्रै होइन, पारिवारिक पुनर्मिलन, सांस्कृतिक सम्बद्धता र आत्मीयताको सुरुवात पनि हो।

निष्कर्ष

म, जसले बाल्यकालमा कस्ठमण्डपमा इन्द्रजात्रा नजिकबाट अनुभूत गरें, आज प्रवासको ब्ल्याक हिलमा उभिएर पनि उही श्रद्धा, उही उत्साह र उही सांस्कृतिक गर्वका साथ यो पर्व मनाइरहेको छु।

इन्द्रजात्रा अब मेरो लागि केवल एक धार्मिक अनुष्ठान होइन-यो हामी प्रबाशमा रहेको नेपालीहरुको पहिचानको पुनः घोषणापत्र हो।

देश टाढा भयो होला, तर माटोको माया, संस्कृतिको सुगन्ध र पर्वको प्रकाश सधैं साथमा छ।

जहाँ नेपाली मन बस्छ, त्यहाँ इन्द्रजात्रा बाँच्दछ। देश टाढा होला, तर संस्कृतिको नाता सधैं नजिक हुन्छ।

त्यही-त्यही इन्द्रजात्राको धुन, उल्लास र अध्यात्म गुन्जिरहेकै मेरो कानमा छ। डिग बहादुर तामांग, दोलखा भेडापू दोलखा, अहिले मेरिल्याण्ड ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.