एमाले विधान महाधिवेसनमा कर्ण थापालाई फरक मत राख्न समय दिइने

डिसी नेपाल
२० भदौ २०८२ १४:३१
72
Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सम्पन्न भएको छ। कलाकारहरूको प्रत्यक्ष समृद्धिको मंगल धुनसँगै उद्घाटन समारोह सुरु भएको थियो।

समृद्धिको मंगल धुन बजिरहँदा डिजिटल बोर्डमा विकासका लहरहरूको दृष्य देखाइएको थियो। राष्ट्रिय धुन, नेकपाका संस्थापक पुष्पलाल, जनताको बहुलदीय जनवादको प्रणेता मदन भण्डारी, कम्युनिस्ट पार्टीको पहिलो निर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीलगायत सहिदको सम्झनामा शोक धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बजाएर उद्घाटन गरिएको थियो।

उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा धुनकै आधारमा बहिर पर्खालमा निर्माण गरिएको मिडिया सेन्टर छेउँमा कलाकारहरूले आर्ट गरिरहेका थिए।

एक घन्टा ढिला सुरु भएको उद्घाटन समारोहमा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो सम्बोधन गरेका छन्।

सम्बोधनसँगै अध्यक्ष ओली राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। महासचिव शंकर पोखरेलले यसअघि हलमा पहिलो दिनको कार्यसूचि, आचारसंहिता पेस गरेका थिए।

कार्यसूची अनुसार अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरिसकेपछि चिया/खाजाका लागि १ घन्टा बन्दशत्र स्थगित हुनेछ। 

त्यस लगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्।

त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आआफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने छन्।

सबै प्रतिवेदन प्रस्तुसँगै अन्तिममा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत पेस गर्ने कार्यसूचि रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.