टोपबहादुर रायमाझीले थुनामुक्त हुन दिएको निवेदनमा आज सुनुवाई
काठमाडौं । पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाले धरौटीमा थुनामुक्त हुन दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ तोकिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि रायमाझी र झाले उच्च अदालतमा निवेदन दिएका थिए।
रायमाझी र झाको निवेदन उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपाल प्रसाद बास्तोलाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) अन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेपछि रायमाझी उच्च अदालत पाटन पुगेका हुन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) मा दफा ६७ वा दफा ६८ बमोजिम थुनामा परेको कुनै अभियुक्त कसुरदार होइन भन्ने प्रमाणित हुन सक्ने कुनै मनासिब आधार प्राप्त हुन आएमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि त्यस्तो विषयमा सुनुवाइ गरी अदालतले निजलाई थुनाबाट छाड्ने आदेश दिन सक्ने उल्लेख छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment