नेपाल रि-इन्स्योरेन्सको अध्यक्षमा सुरेन्द्र पौडेल

डिसी नेपाल
२० भदौ २०८२ २०:१६
108
Shares

काठमाडौं। नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन्। शुक्रबार अर्थ मन्त्रीस्तरीय निर्णयले उनलाई अध्यक्ष बनाएको हो। पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र उदयपुर सिमेन्टको महाप्रबन्ध रहिसकेका छन्।

दुवै संस्थाको नेतृत्वमा रहेका बेला पौडेलले सुधारको कार्य गरेका थिए। खासगरी उदयपुर सिमेन्टलाई नाफामा लगेका थिए भने निगममा पूर्वाधार निर्माणलाई गति दिएका थिए।

पौडेलले यसअघि आयल निगम लिमिटेडको कार्यकारी निर्देशक र उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक भएर जिम्मेवारी सम्हालिसकेका छन्। पौडेलले उदयपुर सिमेन्टमा दुईबर्षे कार्यकाल बिताउँदा पहिलो पटक नाफामा लगेका थिए।

२५ बर्षपछि उनकै नेतृत्वमा उदयपुर सिमेन्ट आव ०७०/७१ मा २ करोड र आव ०७१/७२ मा १२ करोड नाफामा लगेका थिए। उनको कार्यकाल सकिएपछि उद्योग पुनः निरन्तर घाटामा संचालित छ। उनले दैनिक ८ सय टनसम्म सिमेन्ट उत्पादन गरेर पूर्ण क्षमता उपयोग गरेको उद्योग अहिले बन्द छ।

‘नेपाल पुनर्बिमा’ कम्पनीको बर्तमान अध्यक्ष देवराज ढुंगानाले पदमा रहँदै २०८१ कात्तिकमा सुरक्षण मुद्रणकोषको कार्यकारी निर्देशक नियुक्ति खाएका छन्। यसरी दोहोरो नियुक्ति लिएको बिषय बाहिरिएपछि उनी विवादमा थिए। त्यसपछि उनलाई हटाएर पौडेललाई चार वर्षका लागि नियुक्ति गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.