भण्डारीसहित अग्रज प्राध्यापकहरू सम्मानित

डिसी नेपाल
२१ भदौ २०८२ ७:११
20
Shares

काठमाडौं। जेष्ठ प्राध्यापकहरूको हक हितका लागि २०६६ सालमा स्थापित संस्था जेष्ठ प्राध्यापक समाजले चाडपर्व विशेष कार्यक्रमको आयोजना गर्दै नेपालको विभिन्न माध्यमबाट शैक्षिक विकासमा योगदान पु¥याउने सात अग्रज व्यक्तित्वलाई सम्मानित गरेको छ।

शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा समाजले कानुन विषयको शैक्षिक उन्नयनमा समर्पित अग्रज व्यक्तित्व वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मानित गरेको छ।

समाजले त्यसैगरी शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याउने प्रा.डा. बज्रराज शाक्य, प्रा. शिवमान जोशी, प्रा.डा. सर्वज्ञभक्त मल्ल तथा प्रा. कोमलबदन मल्ल, प्रा. नुतनबहादुर थपलिया र प्रा. प्रेमलता तुलाधरलाई सम्मानित गरेको छ। स्वास्थ्यका कारण उपस्थित हुन असमर्थ प्रा. थपलिया र प्रा. तुलाधरलाई घरमै गएर सम्मानपत्र प्रदान गर्ने समाजले जानकारी गराएको छ।

कार्यक्रममा समाजका अध्यक्ष डा. विमलकुमार शर्माले समाजले गर्दै आएका कामहरूबारे जानकारी गराउँदै ९० वर्षको उमेर पार गरिसकेका अग्रज व्यक्तित्वहरूको सम्मान गर्न पाउँदा समाज आफैं सम्मानित भएको अनुभूति भएको बताए। उनले अग्रजहरूबाट प्राप्त सुझाव र सल्लाहअनुसार समाजलाई अझै अगाडि बढाउने उल्लेख गरे।

वरिष्ठ अधिवक्ता भण्डारीले हरेकलाई शिक्षित बनाउनु पर्नेमा जोड दिँदै आज पनि आफूले वकिलहरूलाई सिकाइरहेको बताए। उनले शैक्षिक उन्नयनमा लाग्न सबैलाई प्रेरित गरे।

उक्तअवसरमा सम्मानित प्राध्यापकहरूले यस किसिमको सम्मानले यो उमेरमा पनि उर्जा मिलेको उल्लेख गरे।

समाजका महासचिव प्रा.डा. सिद्धिप्रसाद कोइरालाले संस्थागत गतिविधिको चर्चा गरे।

उक्तअवसरमा प्रा. महेन्द्र सिंह, डा. वीजेन्द्रध्वज जोशी, सपना जोशी, दीनदयाल रेग्मी, तिमिला यमी, नारायण जोशी, किशोर गौतमलगायतका प्राध्यापकहरूले शुभकामना दिँदै समाजको कामको प्रशंसा गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.