निमित्तको भरमा चलिरहेका बाजुराका स्थानीयतहमा प्रशासकीय अधिकृतको दरवन्दी

डिसी नेपाल
२२ भदौ २०८२ ८:१४
48
Shares

बाजुरा । निमित्त भरमा चलिरहेका बाजुराका स्थानीयतहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।बुढी गंगा नगरपालिकाबाहेक जिल्लाका अन्य ८ स्थानीयतह निमित्तको भरमा चलिरहेका थिए।हालै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको हो ।

९ वटा स्थानीयतह जसमा ४ वटानगरपालिका र ५ वटा गाउँपालिका रहेको बाजुरामा बुढिगङ्गाले मात्रै उपसचिवपाएको थियो। २०८१ फागुनमा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमा अम्मरराज जोशीलाई पठाएपछि बुढिगङ्गा नगरपालिकाले उपसचिव पाएको थियो भने अन्य पालिका निमित्तकै भरमा थिए ।

निमित्तकै भरमा चलेको हिमाली गाउँपालिकामा पनि केही महिनाअघि प्रमुख प्रशासकीय अधिकृतका रुपमा शाखा अधिकृत कुलबहादुर थापाआएका छन्। यता कर्णाली पारिको स्वामी कार्तिक खापर गाउँपालिमा पनि प्रशासकीय अधिकृतका रुपमा देवराज चौधरी रहेका छन्।

जगन्नाथ गाउँपालिकामा पनि मन्त्रालयले हालै शाखा अधिकृत दिलिप सुवेदीलाई प्रमुख प्रशासकीयअधिकृतका रुपमा खटाएको छ । बुढीनन्दा नगरपालिकामा मन्त्रालयले उपसचिव भोजराज भट्टलाई खटाएको छ भने सदरमुकामस्थित बडीमालिकामा उपसचिव लोकराज जोशीलाई प्रमुख प्रशासकीय अधिकृतका पठाईएको छ ।

त्यस्तै त्रिवेणीमा नगरपालिकामा उपसचिव सत्यराज जोशी, गौमुल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत नविन पोखरेललाई आउँने भएका छन् भने खप्तड छेडेदह गाउँपालिकामा शाखाअधिकृत घनश्यामअर्याल आउँने छन्।

सम्पूर्ण पालिकाले हाकिम पाए स्थानीयतहको प्रशासनिक काम कर्तव्य,योजना,तर्जुमा सेवा प्रवाहको गति र कार्य कुशलतामा वृद्धि हुने अपेक्षा लगिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बिहिबारबाट देशभरका गाउँपालिका र नगरपालिका ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ विहिन बनाइएको घोषणा गरेकी थिईन् ।उनका अनुसार न्यौपानेले कार्यभार समाल्दा देशभरीका ७५३ मध्ये २ सय पालिका निमित्तका भरमा चलिरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.