चुनावमा पराजयपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाले दिए राजीनामा

डिसी नेपाल
२३ भदौ २०८२ ११:२७
112
Shares

काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो पदबाट राजीनामा दिएका छन्।यस वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारुढ गठबन्धन सरकारले संसदको माथिल्लो सदनमा बहुमत गुमाएको थियो।

यसपछि इशिबाको राजनीतिक स्थिति चुनौतीपूर्ण बनेको भनिन थाल्यो।

जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ। सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमा तल्लो सदनमा बहुमत गुमाइसकेको थियो।

चुनावको समयमा प्रधानमन्त्री इशिबाले आफू पदमा रहने बताएका थिए। उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणको रूपमा उल्लेख गरे।

“जापानले अगस्ट १ सम्ममा अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिनुपर्छ। यो मेरो प्राथमिक जिम्मेवारी हो,” इशिबाले त्यतिबेला भनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.