वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी

डिसी नेपाल
२३ भदौ २०८२ २१:३८
16
Shares

वीरगञ्ज (पर्सा)। जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ। वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुकी ९ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो।

‘जेनजी’ समूहले आज बेलुका वीरगञ्जको घण्टाघर, माईस्थानलगायत स्थानमा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका ९ बजेदेखि मङ्गलबार बिहान ९ः०० बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी भएको जानकारी दिए।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम महानगर क्षेत्रको पूर्वमा वाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचोक र दक्षिणमा शंकराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न नपाइने गरी निषेधाज्ञा आदेश जारी गरिएको उनले बताए।

प्रजिअ सुवेदीले वीरगञ्ज आसपासमा प्रदर्शनी र आगजनीका घटना हुन थालेसँगै स्थिति नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपरेको बताए। मंगलबारको स्थितिलाई मध्यनजर गर्दै कर्फ्यूलाई थप बढाउन सकिने बताए। जेनजी समूहले वीरगञ्जमा साँझ टायर बालेर विरोध जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.