रौतहटमा पनि जेनजी युवाहरुले टायर बाले
रौतहट। रौतहटको विभिन्न स्थानमा मंगलवार बिहानदेखि नै जेनजी युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन्।
जेनजी युवा पुस्ताले भ्रष्टाचारसहितका बेथितीका विरुद्ध गरिरहेको प्रदर्शनमा सोमबार भएको सरकारी दमनका विरुद्ध प्रदर्शन गरिएको हो।
चन्द्रपुर, गौर ,गरुडासहितका क्षेत्रमा भेला भएका उनीहरूले सरकार र प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। जेनजी आन्दोलनका कारण राजमार्गको यातायात पनि प्रभावित भएको छ।जेनजी प्रदर्शनलाई मध्यनजर गर्दै रौतहट प्रहरीले सुरक्षा व्यवस्था कडा बनाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment