सर्वोच्च, विशेष र काठमाडौं अदालतमा आगजनी
काठमाडौं। ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए।
आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन्। त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौंमा समेत आगजनी गरेका छन्।
महान्यायाधिवक्ता कार्यालय, विशेष अदालत, जिल्ला अदालत काठमाडौंका मुद्दाका कागजात बाहिर निकालेर समेत आगजनी गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment