पशुपतिमा हमला गर्न पुगेपछि सडकमा सेना परिचालित हुने
फाइल फाेटाे
काठमाडौं। मुलुकका प्रमुख प्रशासनिक भवनहरु ध्वस्त प्राय भएपछि हिन्दूहरुका आराध्यदेव पशुपतिनाथ मन्दिरसम्म हमला गर्न पुगेको अवस्था रहँदासम्म सडकमा नदेखिएको नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै थप क्षति नहोस् भन्नका लागि आज राति अर्थात भदौ २४ राति १० बजेदेखि अरु सुरक्षा निकायसँग सडकमा खटिने सार्वजनिक गरेको छ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै सांझ अवेर यस्तो जानकारी दिएको हो । यसको अर्थ राजधानीका सडकहरुमा सेना परिचालन हुन लागेको छ। संबैधानिक र कानूनी हिसावले सेना परिचालनको विधि भए पनि सरकार नै नहरेको वर्तमान अवस्थामा आपतकालीन अवस्था ठानी सेना सडकमा जान लागेको सैनिक स्रोतले जनाएको छ।
आन्दोलनका नाममा केही व्यक्तिहरुले अराजक गतिविधिसमेत गरेको र पशुपतिनाथ सम्म हमला गर्न पुगेको परिस्थितिलाई मध्यनजर गर्दै सेना बाहिरिन लागेको सो स्रोतले बताएको छ।







डिसी नेपाल







Facebook Comment